नेप्सेमा मध्य भोटेकोशीको आईपिओ सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2021 | 01:24:06 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सुचिकृत भएको छ । आज बिहिबार कम्पनीको ६ करोड कित्ता शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आगामी आइतबारबाट कम्पनीको शेयर कारोबार सुचारु हुने छ । कम्पनीको MBJC सिम्बलबाट कारोबार हुने छ । कम्पनीको पहिलो कारोबारको लागि ९४.३० रुपैयाँ देखि २८३.१७ रुपैयाँसम्मको रेन्ज तोकिएको छ । आइतबारको परी ओपन सेसनमा कारोबार हुँदा यस रेन्जमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छन् । नेप्सेलेपहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापीटल रहेको छ ।  

 सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको यस कम्पनीको अधिकृत पुँजी रु. ६ अर्ब २१ करोड तथा जारी पुँजी रु. ६ अर्ब रहेको छ । सर्वसाधारण समुहतर्फ छुट्याइएको ४९ प्रतिशत शेयरमध्ये कर्मचारी संचय कोषमा रकम संचय गर्ने संचयकर्ता कर्मचारीहरु, संस्थापक शेयरधनी संस्थाहरु क्रमशः चिलिमे जलविद्युत कम्पनी लि., नेपाल विद्युत प्राधिकरण, नेपाल अरनिको हाइड्रोपावर लि., सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा. लि., सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि. तथा सिन्धु भोटेकोशी हाइड्रोपावर लि. र ऋणदाता संस्था कर्मचारी संचय कोषका कर्मचारीहरुलाई प्रथम चरणमा २४ प्रतिशत शेयर यस अघि नै निष्कासन गरी मिति २०७५÷०९÷०५ मा बाँडफाँट गरिसकिएको छ । बाँकि २५ प्रतिशत शेयरमध्ये आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाहरुको लागि १० प्रतिशत अर्थात रु. ६० करोड र सर्वसाधारणको लागि १५ प्रतिशत अर्थात रु. ९० करोड बराबरको शेयर हालै मात्र सार्वजनिक निष्कासन भएको हो । 

कम्पनीको आईपिओमा कुल २३ लाख ९० हजार २ सय १८ जनाको आवेदन परेकोमा ९५ हजार ७ सय २२  जनाको आवेदन रद्द भएको थियो।  योग्य आवेदकको संख्या २२ लाख ९४ हजार ४ सय ९६  जना रहेको थियो । माग भन्दा बढीको आवेदन परेकोले आईपिओ गोलाप्रथाबाट बाँडफांड भएको थियो ।   गोलाप्रथाबाट ८ लाख १९ हजार जना आवेदकले १० कित्ताको दरले यो आईपिओ पाएका छन् । आवेदक दिएका मध्ये १५ लाख ७१ हजार २ सय १८  जना आवेदक भने हात खाली भएका छन् । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved