कालिका पावरद्वारा पहिलो पटक लाभांश घोषणा, पुस ३० मा साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2021 | 08:20:21 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिका पावर कम्पनी Kalika Power Company ले लाभांश घोषणा गरेको छ । कम्पनीले पुस ८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजी ६० करोडको १५ प्रतिशतले हुन आउने ९ करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशतले हुन आउने ४७ लाख ३७ हजार बराबरको नगद गरि कुल १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव  गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो । 

कम्पनीले पुस ३० गते शुक्रबार भरतपुर स्थित आफ्नै रजिस्टर्ड कार्यालयमा साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहित अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १९ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved