कहिलेसम्म कायम शेयरधनीले भर्न पाउँछन् छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2021 | 09:46:08 AM मा प्रकाशित

laxmi  sunrise bank

छ्याङदी हाइड्रोपावर  Chhyangdi Hydropower Company  ले  हकप्रद निष्काशनको लागि बुकक्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । पुस २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । 

 छ्याङदीले  १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो  । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । 

कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा बोर्डले पुस १ गते कम्पनीले हकप्रदको लागि अनुमति प्रदान गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved