फेरी हकप्रद निष्काशन गर्ने छ्याङदी हाइड्रोको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2021 | 10:44:23 AM मा प्रकाशित

laxmi  sunrise bank

छ्याङदी हाइड्रोपावर  Chhyangdi Hydropower Company  ले फेरी हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले  हाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएको ३० प्रतिशत हकप्रद शेयर बितरण पश्चात् कायम हुने चुक्ता पूँजी रु. ३८,६९,७७,५०० को ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको हो।  दोस्रो हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी ५४ करोड १७ लाख पुग्ने छ  । 

कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २० गतेसम्म  कायाम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश घोषणा गरेको छैन । 

कम्पनीले ३० प्रतिशत हकप्रद निष्काशनको लागि बुकक्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । पुस २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । 

 छ्याङदीले  १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो  । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । 

कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा बोर्डले पुस १ गते कम्पनीले हकप्रदको लागि अनुमति प्रदान गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved