महालक्ष्मी विकास बैंक सहित ३ सँस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2021 | 11:17:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुष १२ गते ३ वटा सँस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा प्रयोजनार्थ पुष १३ गते बुक क्लोज गरेका नेपाल हाइड्रो डेभलपर, निर्धन उत्थान, र महालक्ष्मी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। 

यी तीनवटा सँस्थाको आजसम्म कायम सेयरधनिहरुले सम्बन्धित सँस्थाले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन। 

नेपाल हाइड्रोले आफ्नो १५ औं बार्षिक साधारणसभा यहि पुष २८ गते कम्पनी रजिष्टर्ड कार्यालय डिल्लीबजारमा दिनको ३ बजे डाकेको छ। साधारणसभा प्रयोजनार्थ नेपाल हाइड्रोले पुष १३ गते बुक क्लोज गरेकाले पुष १२ अर्थात आजसम्म कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन। 

नेपाल हाइड्रोले गत आर्थिक बर्ष ७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जस मध्ये ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।३६८४ प्रतिशत नगद लाभांश रहेको छ। 

यस अवधिमा नेपाल हाइड्रोको चुक्तापुंजी २९ करोड ९ लाख रुपैयाँ रहेको छ। लाभांश वितरण पश्चात चुक्तापुंजी २ करोड ९ लाखले बढेर ३१ लाख नाघ्नेछ। 

त्यस्तै निर्धन उत्थान लघुवित्त वित्तीय सँस्था लिमिटेडले आफ्नो २३ औं बार्षिक साधारणसभा यहि पुष २५ गते नक्साल स्थित आफ्नो केन्द्रिय कार्यलयमा दिनको १ बजे डाकेको छ। 

बिशेष प्रस्तावमा गत आर्थिक बर्षबाट संचालक समितिले प्रस्ताव गरेको ३१।०५२६ प्रतिशत लाभांश रहेको छ। संचालक समितिको २८१ औं बैठकले मङ्सिर ९ गते गत आर्थिक बर्षको कमाईबाट २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।५५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो। 

यस अवधिमा निर्धन उत्थानको चुक्तापुंजी १ अर्ब ६९ करोड रहेको छ। लाभांश वितरणपश्चात चुक्तापुंजी २ अर्ब १९ करोड पुग्नेछ।  

त्यस्तै, निर्धन उत्थानको साधारणसभाले संस्थापक तथा साधारण सेयरधनीबाट संचालक नियुक्त गर्नेछ। पुष १३ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा साधारणसभामा भाग लिन पाउनेछन। 

त्यसति महालक्ष्मी विकास बैंकले आफ्नो २० औं बार्षिक साधारणसभा यहि पुष २५ गते त्रिभुवन आर्मी अफिसर क्लब, टुँडिखेलमा दिनको ११ बजे डाकेको छ। 

साधारणसभा प्रयोजनार्थ पुष १३ गते बुक क्लोज गरेकाले आजसम्म कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न तथा साधारणसभामा भाग लिन पाउनेछन। 

साधारणसभाले गत आर्थिक बर्षबाट संचालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्ने छ। बैंकको मङ्सिर १२ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षबाट २१.०५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो। जसमा २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश रहेको छ। 

हाल बैंकको चुक्तापुंजी ३ अर्ब ३४ करोड रहेको छ। लाभांश वितरण पश्चात बैंकको चुक्तापुंजी ४ अर्ब पुग्नेछ। 

त्यस्तै महालक्ष्मीको यो साधारणसभा चुनावी साधारणसभा हुनेछ। साधारणसभाले संस्थापक सेयरधनीबाट ३ जना संचालक र साधारण सेयरधनीबाट ३ जना संचालक नियुक्त गर्नेछ। त्यस्तै अधिकृत पुंजी ४ अर्बबाट ८ अर्ब पुर्याउने प्रस्ताव साधारणसभामा जानेछ।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved