नेपाल पुनर्बीमा सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2021 | 08:14:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस १३ गते मंगलबार ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस १४ मा बुक क्लोज गर्ने निर्णय गरेका नेपाल पुनर्बिमा कम्पनी , मितेरी डेभलपमेन्ट बैंक र उन्नति सहकार्य लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आज पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन्।

नेपाल पुनर्बीमा कम्पनीले  पुस २२ गते बिहिबार कार्की ब्याक्वेटमा सभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।   कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरि कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउन सक्ने छन् ।  

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३  गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

 हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

साधारण प्रस्ताव:

१. आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आ.व. २०७६/७७ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

३. सञ्चालक समितिवाट प्रस्तावित हालको चुक्ता पूँजी रु. १०,००,००,००,०००/- (अक्षरेपी दश अर्ब) को २.५० (दुई दशमलव पाँच शून्य) प्रतिशतको दरले रु. २५,००,००,०००/- (अक्षरेपी पच्चिस करोड) नगद लाभांश (लाभांश कर प्रयोजनार्थ समेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरीक्षक श्याम कार्की एण्ड कं.चार्टर्ड एकाउन्टेन्टस् पुनः नियुक्तिको लागि योग्य रहेको ।)

५. नियमावलीको नियम २७ को उपनियम (२) (ख) नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट २ जना कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन गर्ने ।

६ . नियमावलीको नियम २७ को उपनियम (२) (ख) नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्तावाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरू श्री दिप प्रकाश पाण्डे र श्री डिल्लीराज अर्यालको कार्यकाल मिति २०७८/०१/२० सम्म रहेकोमा सञ्चालक समितिबाट आगामी साधारण सभा सम्मको लागि निजहरूको कार्यकाल थप गरिएको निर्णय अनुमोदन गर्ने ।

विशेष प्रस्ताव

१. सञ्चालक समितिबाट प्रस्तावित हालको चुक्ता पूँजी रु.१०,००,००,००,०००/- (दश अर्ब) को १६.५० (सोह दशमलव पाँच शून्य) प्रतिशतका दरले हुन आउने रु.१,६५,००,००,०००/-(एक अर्ब पैसठी करोड) बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने र बोनस शेयर वितरण पश्चात कम्पनीको साविक जारी तथा चुक्ता पूँजीमा बृद्धि भई रु.११,६५,००,००,०००/- (एघार अर्ब पैसठी करोड) कायम हुने र सोही बमोजिम प्रबन्धपत्रको दफा ६(२) र ६(३) मा छलफल गरी देहाय बमोजिम संशोधन गर्ने ।
कम्पनीले तल्काल जारी गर्ने शेयर पँजी रकम रु. ११६५०००००००/- (एघार अर्ब पैसठी करोड) हुनेछ। सो पूँजीलाई प्रति शेयर रु. १००/- का दरले ११,६५,००,०००/- (एघार करोड पैसठी लाख) कित्ता शेयरमा विभाजित गरिनेछ।
दफा ६(३) : कम्पनीको चुक्ता पूँजी रु. ११,६५,००,००,०००/- (एघार अर्व पैसठी करोड) हुनेछ।

२. सञ्चालक समितिको बैठक भत्ता लगायतका सुविधामा वृद्धि गर्ने ।

३. कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा (१)(ग) अनुसार सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गर्ने ।

४. कम्पनीको प्रबन्धपत्र/नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो वमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।


मितेरी डेभलपमेन्ट बैंक Miteri Development Bank Limited ले  पुस २८ गते सुनसरी उद्योग वाणिज्य संघमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १३.३० प्रतिशतले हुन् आउने १० करोड ६० लाख ५१ हजार १ सय ३२ रुपैयाँ ६९ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.७० प्रतिशतले हुन आउने ५५ लाख ८१ हजार ६ सय ३८ रुपैयाँ ५६ पैसा  नगद गरि कुल  १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ७९ करोड ७३ लाख रहेको छ  ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश प्रस्ताव हरु : 

साधारण प्रस्ताव: 

१. संचालक समितिको तर्फवाट प्रस्तुत हुने अध्यक्षको आ.व. २०७७/०७८ को बार्षिक प्रतिबेदन उपर छलफल गरी प्रतिबेदन पारित गर्ने ।

२. लेखा परिक्षकको प्रतिबेदन सहितको २०७८ अषाढ मसान्तको बासलात, २०७७ श्रावण १ गते देखि २०७८ अषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रबाह बिबरण पारित गर्ने।

३. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०७८/०७९ को हरहिसाब लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (बर्तमान लेखापरिक्षक श्री अनुप कुमार श्रेष्ठ वि. आ.एस. न्यौपाने पुनः लेखापरीक्षणको लागी योग्य हुनुहुन्छ ।)

४. संचालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीलाई बोनस शेयर कर प्रयोजनको लागि चुक्ता पुँजीको ०७० प्रतिशतले हुने रकम रु.५५,८१,६३८।५६ (अक्षेरेपी रु पचपन्न लाख एकासी हजार छ सय अडतीस र पैसा छपन्न) मात्र दिने प्रस्ताव स्वीकृत गर्ने ।

५. बैंकको नियमावली बमोजिम सर्वसाधारण शेयरधनिको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकहरुको निर्वाचन गर्ने ।

विशेष प्रस्ताव: 

१. संचालक समितिले प्रस्ताब गरे बमोजिम आ.व. २०७७/०७८ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजिको १३।३० प्रतिशतका दरले हुने बोनश शेयर रकम रु.१०,६०,५१,१३२।६९ (अक्षेरेपी रु.दश करोड साठी लाख एकाउन्न हजार एकसय बत्तीस र पैसा उनन्सत्तरी) मात्र प्रदान गर्ने प्रस्ताव स्विकृत गर्ने ।

२. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन/संशोधन तथा थप गर्ने ।

३. मितेरी डेभललपमेन्ट बैंक लिमिटेड र अन्य कुनै उपयुक्त बैंक तथा बित्तिय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा :

अ) यस बैंक र अन्य कुनै एक वा सो भन्दा बढी उपयुक्त बैंक तथा बित्तिय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धि सम्पुर्ण प्रक्रिया अवलम्बन गरि कार्य अघि बढाउन संचालक समिति तथा यस अन्तर्गतको मर्जर समितिलाई अख्तियारी प्रदान गर्ने ।

आ) एक आपसमा गाभ्ने र गाभिने प्रक्रियामा चल अचल सम्पति र दायित्व तथा कारोबारको मुल्याङ्कन गर्न मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतको सम्पुर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

४. नियमनकारी निकायले दिएको निर्देशन बमोजिम बैंकको प्रबन्धपत्र र नियमावलीमा कुनै संशोधन गर्नु परेमा त्यस्तो संशोधन गर्ने लगायतका अन्य सम्पुर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने ।


उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले  पुस २८ गते बुधबार भैरहवाको होटेल मौर्यामा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ३० प्रतिशतले हुन आउने ५ करोड २८ लाख ५० हजार ९ सय ११ रुपैयाँ ९१ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो  ।  कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात् उक्त लाभांश  लगानीकर्तामा वितरण हुने छ ।

त्यस्तै कम्पनीको सभामा एफपिओ निष्काशन प्रस्ताव पेश हुने छ। कम्पनीले  १,७८,४५,११८०३ (अक्षरुपी एक करोड अठहत्तर लाख पैंतालीस हजार एक सय अठार पैसा तीन मात्र) बराबरको एफपिओ निष्काशन प्रस्ताव गरेको हो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

सामान्य प्रस्तावहरु :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व.२०७७/७८ को प्रतिवेदन पारित गर्ने।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमा छलफल गरी पारित गर्ने ।

३. कम्पनी ऐन,२०६३ को दफा १११ बमोजिम आ.व.२०७८/०७९ को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने ।

विशेष प्रस्तावहरु :

(१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम, २०७८ आषाढ मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको ३०% (तिस प्रतिशत) रु. ५,२८,५०,९११।९१ (अक्षरुपी पाँच करोड अट्ठाईस लाख पचास हजार नौ सय एघार रुपैयाँ एकाननब्बे पैसा मात्र) बोनस शेयर स्वीकृत गर्ने ।

(२) विशेष प्रस्तावको नं १ बमोजिम बोनस शेयर बाँडफाँटपश्चात् सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न रकम रु १,७८,४५,११८०३ (अक्षरुपी एक करोड अठहत्तर लाख पैंतालीस हजार एक सय अठार पैसा तीन मात्र) बराबरको पुन, सर्बसाधारणलाई धितोपत्रको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) जारी गर्ने प्रस्ताव पारित गर्ने।

(३) विशेष प्रस्तावको नं १ र २ बमोजिम बोनस शेयर बाँडफाँटपश्चात् तथा थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) जारीपश्चात्, पुँजी वृद्धि गरी जारी तथा चुक्ता पुँजी रु. २४,६८,६५,७३६।३२ (अक्षरुपी चौबीस करोड अठसठ्ठी लाख पैसठ्ठी हजार सात सय छतिस पैसा तीन दुई मात्र), अधिकृत पूँजी रु. ५०,००,००,०००।- (अक्षरुपी पचास करोड मात्र) कायम गर्ने र सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने।

(४) प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।

(५) सञ्चालकको भत्ता तथा सुविधा बृद्धि गर्ने ।

(६) भविष्यमा वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय सस्थाहरुलाई गाभ्ने वा संस्थाहरुसंग गाभिने, गाभ्ने गाभिने (Merger) वा प्राप्ति गर्ने प्राप्ति हुन जाने (Acquisition) प्रयोजनार्थ उपयुक्त देखिएमा सोसँग सम्बन्धित आवश्यक सम्पूर्ण कारबाही अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved