सन् २०२१ मा १९ खर्बको शेयर किनबेच, सूचक र कारोबारको नयाँ रेकर्ड कायम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2021 | 07:11:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०२१ को वर्षभरि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा झन्डै १९ खर्बको कारोबार भएको छ । सन् २०२१ मा कुल २३९ दिन बजार खुला रहेको थियो । २३९ दिनमा कुल १८ खर्ब ९८ अर्ब १८ करोड ९० लाख २७ हजार ६ सय २ रुपैयाँ ४२ पैसाको कारोबार भएको हो 

सन् २०२१ मा नेप्सेमा औसतमा ७ अर्ब ९४ करोड २२ लाख १३ हजार ५ सय ५ रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार १५ अगस्त अर्थात् साउन ३१ गते भएको थियो । यस दिन कुल २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ रुपैयाँको कारोबार भएको थियो । सबै भन्दा कम कारोबार भने अक्टोबर १७ मा भएको थियो । यस दिन केवल १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३ सय ७१ रुपैयाँ बराबरको कारोबार भएको थियो । 

सन् २०२१ मा नेप्से सूचक ४१९.६५ अंकले बढेको छ ।  यस वर्षको पहिलो कारोबार जनवरी ३ सुरु मा हुँदा नेप्से सूचक २१०४.८५ मा रहेकोमा वर्षको अन्तिम दिन अर्थात् आज डिसेम्बर २९ मा नेप्से सूचक २५२४.५० को बिन्दुमा पुगेको छ । 

सन् २०२१ मा नेप्से सूचक अगस्त १८ मा अर्थात भदौ २ गते उच्चतम बिन्दु अर्थात् ३१९८.६० बिन्दुमा बन्द भएको थियो ।  यस वर्ष जनवरी ५ मा नेप्से सूचक २१६५.४९ को बिन्दुमा बन्द भएको थियो ।  यो नै वर्षको न्युनतम विन्दु हो । अगस्त १९ अर्थात् भदौ ३ गते नेप्से सूचक ३२६९.८९ को इन्ट्रा डे अल टाइम हाइ पुगेको थियो ।  इन्ट्रा डे लो (२१०४.८५) भने जनवरी ३ मा रहेको थियो । सन् २०२१ मै नेप्से हालसम्म कै उच्च बिन्दुमा पुगेको हो भने यहि वर्ष कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको हो ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved