नेप्सेमा ५ कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति कायम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2021 | 08:45:07 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस १५ गते बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ५ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेका समिट लघुवित्त, मन्जुश्री फाइनान्स, चिलिमे हाइड्रो ,  एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, र इन्फिनिटी लघुवित्तकोमूल्य समायोजन भएको हो ।  पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

चिलिमे हाइड्रोको ७.५० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४६७.८१ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५०२.९० रुपैयाँ थियो । 

इन्फिनिटी लघुवित्तको २७.७० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३०७.७५ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १६७० रुपैयाँ थियो । 

मन्जुश्री फाइनान्सको ४० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ६७०.७१ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ९३९ रुपैयाँ थियो । 

एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको ५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५११.४३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५३७ रुपैयाँ थियो । 

समिट लघुवित्तको २५.२८५३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ११६५.३४ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १४६० रुपैयाँ थियो । 


समिट लघुवित्तले पुस २४ गते साधारणसभा आह्वान गरेको छ भने २५.२८५३ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । मन्जुश्री फाइनान्सले पुस २५ गते साधारणसभा आह्वान गरेको छ भने ४० प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । चिलिमे हाइड्रोले पुस २३ गते साधारणसभा आह्वान गरेको छ भने ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टले पुस २९ गते साधारणसभा आह्वान गरेको छ भने ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  र इन्फिनिटी लघुवित्तले पुस २७ मा साधारणसभा आह्वान गरेको छ भने २७.७ प्रतिशत बोनस शेयर र १.४६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  

कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved