नेप्सेमा नबिल बैंक सहित ५ कम्पनीको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2021 | 12:32:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शुक्रबार ५ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज शुक्रबार बुक क्लोज गर्ने निर्णय गरेका कृषि विकास बैंक, फरवार्ड लघुवित्त, गुडविल फाइनान्स, हिमालयन डिस्टिलरी, र नबिल बैंकको शेयर मूल्य समायोजन भएको हो ।

पुस १४ गते गते कायम शेयरधनीले यी कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।

कृषि विकास बैंकको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४१० रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४९२ रुपैयाँ थियो ।

फरवार्ड लघुवित्तको ३५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १९६२.९६ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता २६५० रुपैयाँ थियो ।

गुडविल फाइनान्सको ९.१० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५३३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५८२ रुपैयाँ थियो ।

हिमालयन डिस्टिलरीको ७५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३९२५.७१ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ६८७० रुपैयाँ थियो ।

नबिल बैंकको ३३.६० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १०८५.३३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १४५० रुपैयाँ थियो ।

नबिल बैंकले पुस ३० गते साधारणसभा आह्वान गरेको छ भने ३३.६० प्रतिशत बोनस शेयर र ४.३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । हिमालयन डिस्टिलरीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ भने ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कृषि विकास बैंकले   पुस २९ गते साधारणसभा आह्वान गरेको छ भने २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । फरवार्ड लघुवित्तले पुस ३० गते साधारणसभा आह्वान गरेको छ भने ३५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । गुडविल फाइनान्सले पुस २९ गते साधारणसभा आह्वान गरेको छ भने ९.१ प्रतिशत बोनस शेयर र ३.९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved