नेप्सेमा ४ कम्पनीको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2022 | 10:19:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पुस १८ गते आइतबार ४ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभाको आज बुक क्लोज गर्ने निर्णय गरेका आँधीखोला लघुवित्त, सेन्ट्रल फाइनान्स, आरएमडिसी लघुवित्त र सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन भएको हो । 

आँधीखोला लघुवित्तको १९ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्यप्रति कित्ता ३९०.७६ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४६५ रुपैयाँ थियो । 

सेन्ट्रल फाइनान्सको ७.७० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्यप्रति कित्ता ३८२.०८ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४११.५० रुपैयाँ थियो । 

आरएमडिसी लघुवित्तको २०  प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्यप्रति कित्ता ११४३.३३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३७२ रुपैयाँ थियो । 

सिद्धार्थ बैंकको १४.२५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्यप्रति कित्ता ४०६.१३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४६४ रुपैयाँ थियो । 

पुस १४ गतेसम्म कायाम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्न  छन्  । 

 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved