५१ कम्पनी प्रकरण: धितोपत्र बोर्ड बिरुद्द सर्वोच्चमा दायर मुद्दाको दोस्रो पेशी आज तोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2022 | 11:53:44 AM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सूची जारी गरेपछि बोर्ड विरुद्द दायर गरिएको मुद्दामा आज दोस्रो पटक पेशी तोकिएको छ।  अधिवक्ता रविन बोहजु र अधिवक्ता सुरेन्द्र कोंजुले बोर्ड बिरुद्द सर्वोच्च अदालतमा असार ४ गते रिट दायर गरेका थिए । 

उक्त रिटमा असार ६ गते डा. कुमार चुडालको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै अनतरिम आदेश नहुने उल्लेख गरेको थियो । ६ महिनापछि सोहि मुद्दाको पेशी आज तोकिएको छ ।  आज न्यायधीश इश्वर खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलाशमा उक्त पेशी तोकिएको छ ।  यो पेशी इजलाशको २४ औ नम्बरमा रहेकोले यसमा सुनुवाई हुने सम्भावना भने न्यून छ । 

रिटमा बोर्डले सार्वजनिक गरेको ५१ वटा कम्पनीको सुचीसहितको विज्ञप्ति बदर गर्न माग गरिएको छ । रिट निवेदन अधिवक्ता बोहजुले बोर्डले ५१ वटा कम्पनी जोखिमयुक्त भनी जारी गरेको विज्ञप्ति कानुन सम्मत नभएकोले उक्त विज्ञप्तिलाई बदर गर्न माग गरिएको बिजपाटीलाई जानकारी दिए । 

बोर्डको उक्त कदम ऐनमा उल्लेख बोर्डको काम कर्तब्य अधिकारभन्दा बाहिर रहेको र यसले लगानीकर्तालाई त्रसित र आतंकित बनाएकोले विज्ञप्ति बदर हुनु पर्ने माग गरिएको अधिवक्ता बोहजुले बताए  । रिट निवेदनमा शेयर कर्नरिङ रोक्नको लागि छुट्टै कानुन बनाउनको लागि बोर्डलाई परमादेश दिनको लागि पनि माग गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved