एचआईडिसीएलको बिक्रि नभएको ३ करोड ३० लाख कित्ता शेयर बिक्रि गर्न यस्तो ब्यबस्था गरिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2022 | 01:06:01 PM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसीएल) ले हकप्रदमा तथा लिलाममा पनि  बिक्रि नभएको संस्थापक शेयर बिक्रि गर्नको लागि कम्पनीको नियमावलीमा संशोधन गर्ने भएको छ । कम्पनीले पुस २२ गते गर्न लागेको साधारणसभामा नियमावली संशोधनको प्रस्ताव लैजाने छ ।

 कम्पनीले हकप्रद निष्काशन गर्दा संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता शेयर बिक्रि भएको थिएँन । लिलामी गर्दा पनि ति संस्थापक शेयरको लागि आवेदन परेको थिएन। संस्थापक शेयर खरीद गर्दा न्युनतम १ करोड कित्ता खरीद गर्नु पर्ने ब्यबस्था भएकोले शेयर बिक्रि हुन सकेको थिएँन । अब भने कम्पनीले साधारणसभामा न्युनतम १ करोड कित्ता खरीद गर्नु पर्ने ब्यबस्था हटाउने प्रस्ताव लैजाने भएको हो  ।

कम्पनीले कम्पनीको नियमावलीको दफा १० लाई संशोधन गरेर ' शेयरधनीले कम्पनीको संस्थापक हुन कम्तिमा १ करोड कित्ता शेयर लिएको हुनु पर्ने छ । तर, कम्पनी संस्थापना भए पश्चात संस्थापक समूहको शेयर खरिद गर्ने शेयरधनीको हकमा सो सीमा लाग हुनेछैन ।' भन्ने शब्दावली राख्न लागेको हो । संस्थापक शेयरधनी अन्तर्गतको  शेयर लिलाम बढाबढ वा अन्य प्रकृयाबाट बिक्री गर्ने प्रयोजनको लागि आवश्यक भएकोले यो ब्यबस्था राख्न लागिएको कम्पनीले जनाएको छ ।

यस संगै कम्पनीको बिक्रि हुन बाँकी रहेको ३ करोड ३० लाख कित्ता शेयर सजहै बिक्रि हुने कम्पनीको विश्वास छ । यद्यपि यसरी बिक्रि गरिएको शेयर भने संस्थापक शेयर नै कायम हुने छ । 

कम्पनीको ७ करोड ७० लाख कित्ता हकप्रद शेयर भने सुचिकृत भईसकेको छ । कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको थियो  । सोहि शेयर नेप्सेमा सुचिकृत भएको हो  । 

कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ । तर कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा कोषले  हकप्रद नलिएका हुन् । यी ३ संस्थासंग कम्पनीको कुल ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । उनीहरुले खरिद गर्न अस्विकार गरेपछि ३ करोड ३० लाख कित्ता शेयर बिक्रि नभएको हो ।

कम्पनीले आर्थिक बर्ष २०७७-०७८ मा सेयरधनीहरुलाई  ८ प्रतिशत बोनस सेयर र  ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

कम्पनीले अब नवीकरणीय उर्जामा पनि लगानी गर्ने भएको छ। जलविद्युतमा मात्र लगानी गरिरहेको कम्पनीले  नवीकरणीय उर्जामा पनि लगानी गर्ने गरि साधारणसभामा प्रबन्धपत्र संशोधनको प्रस्ताव लैजाने तयारी गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved