नेप्सेमा २ फाइनान्स कम्पनीको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2022 | 08:16:45 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस २२ गते बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा फाईनान्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।   साधारणसभा प्रयोजनको लागि आज पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेका गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर मूल्य समायोजन भएको हो । 

पुस २१ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो  । समायोजनपछि कम्पनीको शेयर प्रति कित्ता ४५४.४५ रुपैयाँ कायम भएको छ  । समायोजन अघि कम्पनीको शेयर मूल्य ४९९.९० रहेको थियो  ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ७.७० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो  । समायोजनपछि कम्पनीको शेयर प्रति कित्ता ४४१.९७ रुपैयाँ कायम भएको छ  । समायोजन अघि कम्पनीको शेयर मूल्य ४७६ रहेको थियो  ।

गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सले २०७७/०७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ४० लाख रहेको छ ।  साधारण सभाबाट पारित भए पश्चात् उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस २९ गते साधारणसभा डाकेको छ ।  

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई हाल कायम चुक्तापुंजीको ११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश मध्ये ७।७० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३।३० प्रतिशत नगद लाभांश रहेको छ। फाइनान्सले हाल कायम चुक्तापुंजीको ७।७० प्रतिशतले हुन आउने ६ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर र ३।३० प्रतिशतले हुन आउने २ करोड ९३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छहो। साधारण सभाबाट पारित भए पश्चात् उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस २९ गते साधारणसभा डाकेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved