बोनस शेयर प्राप्त गर्नको लागि कर तिर्न कालिका लघुवित्तको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2022 | 09:58:26 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिका लघुवित्तले आर्थिक वर्ष ७६/७७ बोनस शेयर पाउनको लागि बोनसमा लाग्ने कर तिर्न आग्रह गरेको छ । कम्पनीले जनसेवी लघुवित्तसँग मर्ज भई एकिकृत कारोबार भईसकेपछि शेयर खरीद गरेका लगानीकर्तालाई कर तिर्न आग्रह गरेको हो ।

साविक जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिका लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भई कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोवार भएको मिति २०७६ पौष २३ गते पश्चात् शेयर खरीद गरेका शेयरधनीहरुको हकमा सो थप शेयरमा प्रचलित आयकर ऐन, २०६३ को दफा ४७(क) अन्तर्गतको व्यवस्था बमोजिम कर लाग्ने र सो कर वापतको रकम शेयरधनी स्वयंले नै तिर्नुपर्ने भएकाले उक्त थप शेयरबाट आर्जित बोनस शेयरमा लाग्ने कर वापतको रकम तिर्न कम्पनीले आग्रह गरेको छ ।

कम्पनीको २०७८/०१/०७ मा सम्पन्न १०औं तथा ११औं वार्षिक साधारण सभाबाट आ.व. २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई ९.७३ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भए बमोजिम उक्त बोनस शेयर मिति २०७८/०९/१९ गतेदेखि शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिसकिएको जनाएको छ ।

कम्पनीले बोनस वापत कर रकम एनएमबि बैंक लिमिटेड, शाखा कार्यालय वालिङ्गको नाममा रहेको खाता नं. : ०४५००२६६८३८०००१९ मा जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले रकम जम्मा गरेपछि रकम जम्मा गरेको भौचर कम्पनीको इमेल ठेगाना [email protected] मा पठाउन आग्रह गरेको छ ।

रकम जम्मा गरेको भौचर र बैंक खातामा जम्मा भएको रकमसंग भिडान गरी बोनस शेयर हितग्राही खातामा जम्मा गर्ने व्यवस्था मिलाईने कम्पनीले जनाएको छ।  कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं., नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य उल्लेख गर्न समेत कम्पनीले अनुरोध गरेको छ।

साथै, भौतिक रुपमा शेयर धारण गर्ने शेयरधनीहरुले समेत आफ्नो शेयर अभौतिकीकरण गराई कर वापतको रकम जम्मा गरी आफ्नो हितग्राही खाता नं. उपलब्ध गराए पश्चात् मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ ।

 आफुले प्राप्त गर्ने बोनस शेयरमा लाग्ने करको विवरण कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडको वेवसाईट www.nmbcl.com.np मा गई हेर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार शेयर दाखिला खारेजी बन्द भएको मिति २०७७/१२/१९ भन्दा अघिल्लो दिन सम्ममा आफ्नो शेयर धितोबन्धक राखी कर्जा सुविधा उपभोग गरेका शेयरधनीहरुको बोनस शेयरको कर वापतको रकम जम्मा गर्नु पर्ने भए सो समेत जम्मा गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट NO Obiection Letter वा फकवा पत्र (Release Le etter) ICT भए पश्चात् मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने जनाएको छ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved