विद्युत उत्पादन थालिसकेको एसियन हाइड्रोपावरले माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2022 | 11:38:46 AM मा प्रकाशित

laxmi  sunrise bank

एसियन हाइड्रोपावर कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले पुस ११ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले शेयर निष्काशनको लागि एनएमबी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपिओ निष्काशन गरेको छ ।

कम्पनीले इलामको जोगमाई खोलामा ६.२ मेगावाटको तल्लो जोगमाई खोला जल्वियुत आयोजनाको निर्माण सम्पन्न गरि गत कार्तिक १५ गतेबाट विद्युत उत्पादन गरिरहेको छ ।

एसियन हाइड्रोपावर उर्जा डेभलपर अन्तर्गतको कम्पनी हो । उर्जा डेभलपर अन्तर्गत कै अर्को कम्पनी सामलिङ पावरले हालै मात्र आईपिओ निष्काशन गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved