४३ अंकले बढेपछि २७ सयको बिन्दु नजिक नेप्से, होटेल र हाइड्रो समुहमा बढी आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2022 | 03:14:45 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन बिहिबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ४३.२९ अंकले बढेर २६९२.४७ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २३८ कम्पनीका ७३ लाख ३६ हजार ३ सय ३४ कित्ता शेयर कारोबारबाट ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । जस मध्ये अपि पावरको सबैभन्दा धेरै १६ करोड ३७ लाख , एनआइसी एसियाको १४ करोड ५२ लाख, तथा नेशनल माइक्रो फाइनान्सको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज कारोबारमा आएका समुहगत सूचक मध्ये ट्रेडिङ र उत्पादन तथा प्रशोधन बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये होटेल समुह सबैभन्दा धेरै ३.४८ तथा हाइड्रो समुह २.४८ प्रतिशतले बढेको छ । 

आज मध्य भोटेकोशी जलविद्युत कम्पनी, नेपाल फाइनान्स र तेह्रथुम पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved