यी ५ मध्ये १ जना नेप्सेको सीईओ बन्ने पक्का, सर्टलिस्ट तयार, आइतबार अन्तर्वार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2022 | 08:33:42 AM मा प्रकाशित

laxmi sunrise bank

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि ५ जनाको नाम सर्ट लिस्ट गरेको छ । मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले ११ जना आवेदक मध्येबाट ५ जनाको नाम सर्टलिस्ट गरेको हो । 

जस अनुसार समितिले कृष्ण बहादुर कार्की, डा. केशव बहादुर श्रेष्ठ, प्रविण पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारीको नाम सर्ट लिस्ट गरेको हो । आवेदकहरूको शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणबाट प्राप्ताङ्कको प्राथमिकताका आधारमा सर्ट लिस्ट गरिएको समितिले जनाएको छ । अब यी ५ जनाले  व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिनु पर्ने छ । समितिले पुस २५ गते आइतबार अन्तवार्ताको मिति तय गरेको छ।

सर्ट लिस्टमा परेका मध्ये रमेश घिमिरेको नै सम्भावना बढी रहेको स्रोतको भनाई छ। पहिले नेपाल एसबिआईको र अहिले एनसेलको कम्पनी सचिव भएकाले पनि घिमिरेलाई आफ्नो नेप्से प्रमुख बनाउन ठूला खेलाडी लागि परेको बताइन्छ।  

 नेप्सेको सीईओका लागि ११ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा नेप्सेका हालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल, उपप्रबन्धक प्रविन पन्दाक, जीवन अमगाई, केशव कुमार श्रेष्ठ, बद्री प्रसाद प्याकुरेल, डा. रमेश कुमार भण्डारी, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, रमेश घिमिरे र छवीराज पन्त रहेका थिए। 

नेप्सेका सीइओ चन्द्र सिंह साउदले राजिनामा दिएपछि उक्त पद रिक्त छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved