एनआईबीएल एस क्यापिटलद्वारा बिरगंजमा लगानी सचेतनामुलक कार्यक्रम सचांलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2022 | 01:51:41 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले अन्र्तक्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम सचांलन गरेको छ । उक्त कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश स्तरमा लगानीकर्ता सचेतना अभिवृद्घि कार्यक्रम गर्ने सिलसिलामा प्रदेश नं २ वीरगञ्जमा  पुस २३ गते अन्र्तक्रिया  कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागीता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत प्रदान गरेको क्यापिटलले जनाएको छ । यस अघि यस्तै अन्र्तक्रिया कार्यक्रम सुदुरपश्चिम प्रदेशको धनगढीमा र लुम्बीनी प्रदेशको नेपालगञ्जमा पनि सम्पन्न भएको थियो।

कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा छलफल भएको क्यापिटलले जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved