नेपाल सेवाको शेयर विन लघुवित्तको नाममा डिम्याट खातामा, सुचिकृत पछि कारोबार हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2022 | 09:59:00 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल सेवा लघुवित्तको शेयर विन नेपाल लघुवित्तको नाममा डिम्याट खातामा आएको छ । नेपाल सेवा लघुवित्तले विन लघुवित्तलाई गाभेपछि अब विन नेपाल लघुवित्तको नामबाट कम्पनीको शेयर कारोबार हुने छ । 

कम्पनीको WNLB सिम्बलबाट कारोबार हुने छ । कम्पनीको शेयर विन नेपाल लघुवित्तको नाममा डिम्याट खातामा आईसकेको छ। अब कम्पनीको थप शेयर नेप्सेमा सुचिकृत भएपछि कम्पनीको कारोबार सुरु हुने छ । 

नेपाल सेवा लघुवित्तले अर्को कम्पनीलाई गाभ्ने भएपछि नेपाल सेवाको कारोबार २०७७ पुस १ गते बन्द छ  । कारोबार बन्द हुँदा कम्पनीको अन्तिम शेयर मूल्य प्रति कित्ता ८३० रुपैयाँ थियो  । अब विन लघुवित्तको नाममा कम्पनीको कारोबार हुने छ  । 

२ कम्पनीले कार्तिक १७ गतेबाट एकिकृत कारोबार सुरु गरेका हुन्। विन नेपाल लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।  साविकको इजाजतपत्रप्राप्त नेपाल सेवा लघुवित्तले विन लघुवित्तलाई सो संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूमा सर्ने गरी गाभेपश्चात् कार्तिक १५ गते सोमबारका दिनदेखि साविकका दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा “विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड" को नामबाट एकीकृत कारोबार सञ्चालन गरेको हो।

दुवै संस्थाको जेठ २४ बसेको साधारणसभाले एक आपसमा  मर्ज हुने प्रस्ताव पारित गरेको थियो  । मर्जपछि कम्पनीको केन्द्रिय कार्यालय हाल नेपाल सेवा लघुवित्तको मुख्य कार्यालय रहेको स्थान सिन्धुपाल्चोकको मेलम्चीमा रहने छ ।  विनले आईपिओ निष्काशन नगरेको हुँदा संस्थापक र सर्वसाधारण शेयरधनीको अनुपात ७०:३० बनाउन कम्पनीले एफपिओ निष्काशन गर्ने छ 

 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved