कुमारी बैंक र लक्ष्मी लघुवित्तको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2022 | 03:00:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज कुमारी बैंक र लक्ष्मी लघुवित्तको गरि कुल ८९ लाख ६७ हजार १ सय ७४ दशमलव ९ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज नेप्सेमा कुमारी बैंकको ६ प्रतिशतले हुन आउने ८३ लाख २७ हजार ८४ दशमलव ९० कित्ता बोनस शेयर र लक्ष्मी लघुवित्तको २० प्रतिशतले हुन आउने ६ लाख ४० हजार ९० कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

कुमारी बैंकको साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट ६ प्रतिशत बोनस र कर प्रयोजनका समेत गरि २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश पारित गरेको गरेको थियो। त्यस्तै लक्ष्मी लघुवित्तको साधारणसभाले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ७.३६८४२१ प्रतिशत  नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved