नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2022 | 08:15:22 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि आज पुस २६ गते सोमबार बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । 

कम्पनीको १५० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४५४.८० रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ९८७ रुपैयाँ थियो । 

 कम्पनीले हकप्रद प्रयोजनको लागि आज पुस २६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनीले माघ ७ गतेदेखि हकप्रद निष्काशन गर्ने छ। कम्पनीले १:१.५० को अनुपातमा १५० प्रतिशतले हुन आउने ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि  हकप्रद शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  

बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दै गत वर्षको पुस २६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। बोर्डले पुस १ गते हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो।  

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन वर्षपछि कर्पोरेट डेभलपमेन्ट बैंकलाई २०७४ माघ १८ गते समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो। समस्याग्रस्तबाट फुकुवा भएपछि बैंकले राष्ट्र बैंकले तोके बमोजिम पुँजी पुर्याउन हकप्रद निष्काशन गर्न लागेको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved