नेप्सेमा नेशनल माइक्रोफाईनान्सको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2022 | 08:17:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेशनल माइक्रोफाईनान्स National Microfinance Bittiya Sanstha  को शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभाको लागि आज माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।  

कम्पनीको ४० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २६१४.२९ पैसा कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६६० रुपैयाँ थियो ।  

 कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

कम्पनीले माघ ६ गते धादिङको क्रिक रिसोर्टमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको ४० प्रतिशतले हुन् आउने १६ करोड ७६ लाख २१ हजार ४ सय २१ रुपैयाँ बराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने २ करोड ९ लाख ५२ हजार ६ सय ७७ दशमलव ६३ पैसा नगद लाभांश गरि कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी ४१ करोड ९० लाख ५३ हजार ५ सय रहेको छ ।   

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : 

क. सामान्य प्रस्तावः

(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने।

(३) यस वित्तीय संस्थाको आर्थिक बर्ष २०७८/७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियूक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक के.ए.एस एसोसिएटस् चार्टर्ड एकाउण्टेन्टस् पूनः नियूक्तिको लागि ग्राह्य हुनु हुनेछ) ।

(४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. ४१,९०,५३,५५२१५० (रु. एकचालिस करोड नब्बे लाख त्रिपन्न हजार पाँच सय बाउन्न र पैसा पचास) को ०५ प्रतिशतले हने नगद लाभांस रु.२,०९,५२,६७७६३ वितरण गर्ने प्रस्ताव माथी छलफल गरि पारित गर्ने ।

ख. विशेष प्रस्तावः

(१) आ.व. २०७७७८ को मुनाफाबाट १०:४ (अर्थात प्रत्येक १० कित्ता शेयर बराबर ४ कित्ता वा प्रत्येक शेयरको ४०% को अनुपातमा बोनश शेयर जारी गरी वित्तीय संस्थाको चुक्ता पूँजी रु.५८,६६,७४,९७३।५० (अक्षरुपी अन्ठाउन्न करोड छैसठ्ठी लाख चौहत्तर हजार नौ सय तिहत्तर पैसा पचास) पुयाउने।

(२) यस वित्तीय संस्थाले इजाजतपत्रप्राप्त 'घ' बर्गका अन्य लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (Acquisition) गर्ने वा एक आपसमा गाभिने (Merger) प्रयोजनको लागि आवश्यक भए समिति गठन गरि उपयुक्त वित्तीय संस्थाको पहिचान र छनौट गर्ने, समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, आवश्यकता अनुसार कानुन परामर्शदाता, सम्पति तथा दायित्वहरुको मूल्यांकन (Due Diligence Audit) गर्न परामर्शदाता, मूल्यांकनकर्ता, तथा लेखापरीक्षक नियुक्त गर्ने, नीजहरुका पारिश्रमिक तोक्ने तथा प्राप्ति (Acquisition) गर्ने वा एक आपसमा गाभिने (Merger) संग सम्बन्धित प्रचलित कानुन तथा निर्देशन बमोजिम गर्नुपर्ने आवश्यक सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने।

(३) वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६ (ख) र (ग) तथा नियमावलीको दफा ३२(ख) मा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावमा छलफल गरि पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समिति लाई अख्तियारी दिने। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved