जानकी फाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2022 | 04:16:30 PM मा प्रकाशित

laxmi  sunrise bank

जानकी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद गरि कुल १५.७८९५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।  नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश साधारणसभामा बितरण हुने छ।

कम्पनीले हालको चुक्ता पूँजी रु.६०,०४,११,१००।०० (अक्षरेपी रु.साठी करोड चार लाख एधार हजार एक सय मात्र) को १५ प्रतिशतका दरले हुन आउने रु.९,००,६१,७००।०० (अक्षरेपी रु.नौ करोड एकसाठी हजार सात सय मात्र) बरावरको बोनश शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत का दरले हुन आउने रु. ४७,४०,०८९।४७ (अक्षरेपी रु.सैतालिस लाख चालिस हजार उन्नानवे र सैतालिस पैसा मात्र) नगद लभांश शेयरधनीहरुलाई वितरण गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा लेखि पठाउने निर्णय गरेको हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved