प्रोग्रेशिभ फाइनान्सको लाभांश परिमार्जन , के हुन्छ यस अघि नै भएको मूल्य समायोजन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2022 | 12:40:07 PM मा प्रकाशित

प्रोग्रेशिभ फाइनान्स Progressive Finance Limited को लाभांश परिमार्जन भएको छ । कम्पनीको पुस २८ गते बसेको संचालक समितिको बैठकले राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको हो । 

बैंकलाई राष्ट्र बैंकले  कर सम्बन्धी प्रावधानमा केही फेरबदल गर्न निर्देशन दिएको थियो । जसका कारण खुदनाफामा फेबदल भएको र लाभांश पनि परिमार्जन गर्नु परेको बैंकले जनाएको छ ।  

बैंकले यस अघि  हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.३६८४ रुपैयाँ नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो  । अब भने बैंकले ६ प्रतिशत बोनस शेयर र ०.३१५७ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।  कम्पनीको उक्त प्रस्ट  नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि बुक क्लोज गरिसकेकोले कम्पनीको ७ प्रतिशत बोनसमा नै मूल्य समायोजन भईसकेको थियो । अटर अब बोनस दर ६ प्रतिशत कायम गरिएकोले यस अघि गरिएको समायोजन के हुन्छ भन्ने प्रश्न उठेको छ । नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुली यस विषयमा समबन्धित विभागले नै निर्णय गर्ने बताउछन् ।   नेप्सेको बजार संचालन विभाग अन्तर्गतको सूचीकरण शाखाले यस विषयमा उठाएको टिप्पणीको आधारमा निर्णय हुने भएकोले के हुन्छ भन्ने अहिले नै भन्न नसकिने उनको भनाई छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved