भिष्मराज ढुंगानाको मुद्दामा आज सुनुवाई हुदै, पूर्ण इजलाशमा तोकियो पेशी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2022 | 10:51:28 AM मा प्रकाशित

nepal oil ltd

नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगानाले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको आज बिहिबार पेशी तोकिएको छ । आज न्यायधीशहरु अनिल कुमार सिंह, टंकबहादुर मोक्तान र डा, मनोजकुमार शर्माको पूर्ण इजलाशमा  यस मुद्दाको सुनुवाई हुन लागेको हो । 

उक्त इजलाशको दोस्रो नम्बर मै यो मुद्दाको पेशी तोकिएकोले आज यस मुद्दामा सुनुवाई हुने सम्भावना उच्च छ ।  यस अघि मङ्सिर २१ गते सर्वोच्चले यस मुद्दामा कारण देखाउ आदेश जारी गरेको थियो ।  त्यसपछि पुस ७ गते न्यायधीशहरु प्रकाशमान सिंह र डा. कुअर चुडालको राय बाझिएको थियो । राय बाझिएपछि आज पूर्ण इजलाशमा सुनुवाई हुन लागेको हो । पूर्ण इजलाशमा राय बाझिए बहुमत न्यायधीशको आदेश सदर हुन्छ । 

 सरकार गैर कानुनी रुपमा हटाएको र आफुमाथि अन्याय भएको भन्दै उनले कार्तिक ७ गते आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले नेपाल सरकार मन्त्रिपरिषद प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारलाई विपक्षी बनाएका छन् । उनले आफुलाई बोर्ड अध्यक्षमा पुनर्बहालीको माग राखेका छन् । 

असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको थियो । अर्थ मन्त्रालयको सिफारिसमा उनलाई बर्खास्त गर्ने निर्णय भएको हो । सरकारले यस अघि उनलाई स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै उनलाई हटाइएको हो।  असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।  ढुंगानाले असोज १७ मा आइतबार स्पष्टिकरण बुझाएका थिए । 

ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सकारलाई प्रतिवेदन बुझाएको थियो । जाँचबुझ समितिको सिफारिसको आधारमा उनलाई स्पष्टिकरण सोध्ने निर्णय सरकारले गरेको थियो। 

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पु¥याई बोर्डको हित र पुँजी बजारको विकास विपरित हुनेगरी पदीय आचरण विपरित काम कार्वाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद्को  बैठकले जाँचबुझ समिति गठन गरेको थियो ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved