मञ्जुश्री फाइनान्सको साधारणसभा सम्पन्न, चुक्ता पुँजी १ अर्ब ३५ करोड पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2022 | 07:45:59 PM मा प्रकाशित

laxmi  sunrise bank

 मञ्जुश्री फाइनान्सको चौधौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आ.व. २०७७÷०७८ को लागि प्रस्तावित ६.०० प्रतिशत नगद लाभांश (वोनश शेयर तथा नगद लाभांशको कर समेत) र ४०.०० प्रतिशत बरावरको वोनस शेयर वितरण गर्ने निर्णय पारित गरेको छ। 

 संस्थाको यस अघि सम्मको चुक्ता पूँजी रु. ९६५,३९४,८९१।– रहेको छ । वोनस शेयर वितरण पश्चात् संस्थाको चुक्ता पूँजी रु. १,३५१,५५२,८४७।– हुने भएको छ । यस फाइनान्सको पौष मसान्त  सम्म  रु. ११ अर्ब १५ करोड निक्षेप संकलन तथा रु. ११ अर्ब कर्जा लगानी रहेको छ । 

मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि  २२ ओटा शाखा मार्फत नेपाल  भरका प्रमुख शहर हरुमा सेवा पुराउंदै आएको छ । संस्थाको न्युरोड काठमाण्डौ ,नारायणगढ,  बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा, बिरगंञ्ज, मुर्गिया, योगिकुटी, मनीग्रम, भैरहवा, गैडाकोट, भरतपुर, टाडी, पर्साबजार, इनरुवा, झुम्का तथा बिराटचोक शाखाबाट कारोबार गरि रहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो साथै निकट भविष्यमा संचालनमा आउने शाखा कार्यालय चावहिल, गोगबु तथा कलंकी शाखाहरु हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved