आइतबारको प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से १५.६६ अंकले बढेको छ । प्रि ओपन सेसनमा नेप्से सूचक १५.६६ अंकले बढेर २८७३.४२ को बिन्दुमा पुगेको छ ।
प्रि ओपन सेसनमा कारोबारमा आएका सबै १९ वटै कम्पनीको शेयर मुल्य बढेको छ । प्रि ओपन सेसनमा ५६ लाख २५ हजार ८ सय २२ रुपैयाँको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन अन्तर्गतको कारोबार हुने गरेको छ । यस समयमा कम्पनीको शेयर मूल्य सर्वाधिक २ प्रतिशतले घटबढ हुन सक्ने ब्यबस्था छ ।