रसुवागढी हाइड्रोपावर र पिपुल्स पावरले मागे आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2022 | 01:13:18 PM मा प्रकाशित

laxmi  sunrise bank

रसुवागढी हाइड्रोपावर कम्पनी र पिपुल्स पावर लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।  रसुवागढीले पुस २३ र पिपुल्सले पुस २७ गते बोर्डमा आवेदन दिएको हो ।  

रसुवागढीले आयोजना प्रभावित स्थानीयको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १ सय कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।  शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेपनि आयोजना प्रभावित स्थानीयलाई पनि आईपिओ निष्काशन गरेको थिएँन । कम्पनीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ  । 

त्यस्तै पिपुल्स पावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७ सय ४० कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved