नेको इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2022 | 10:24:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको सोमबार बिहान बसेको संचालक समितिको समिति बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीले हाल कायाम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ

कम्पनीले नेप्से मार्फत जारी गरेको सूचनामा भनिएको छ 'यस कम्पनीको संचालक समितिको मिति २०७८।१०।०३ गते (बिहान ८:०० बजे) बसेको ४१७औं वैठकले आर्थिक वर्ष २०७७/०७८ को वित्तीय विवरण पारित गर्दै सो बर्षसम्मको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १५% बोनश शेयर तथा ०.७९% नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्न प्रस्ताव गरिएको र उक्त बोनश शेयर तथा नगद लाभांश बीमा समितिको स्वीकृति एवं आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने व्यहोरा समेत तहाँको जानकारीको लागि अनुरोध गर्दछौं ।'


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved