नेप्सेमा १ करोड ७० लाख कित्ता शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2022 | 01:38:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार  १ करोड ७० लाख कित्ता शेयर सुचिकृत भएको छ । आज मेगा बैंक र एक्सेल डेभलपमेन्ट बैंकको गरि कुल १ करोड ७० लाख ८८ हजार ३ सय २८ दशमलव ६३१२ कित्ता शेयर सुचिकृत भएको हो । 

मेगा बैंकको बोनस शेयर सुचिकृत भएको हो भने एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर सुचिकृत भएको हो । 

मेगा बैंकको १० प्रतिशतले हुन आउने १ करोड ४६ लाख ५४ हजार ९ सय ६४ दशमलव ९५७ कित्ता बोनस शेयर सुचिकृत भएको हो । त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकको ३० प्रतिशतले हुन आउने २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved