बरुण हाइड्रोको स्थगित भएको साधारणसभाको नयाँ मिति तय, हकप्रदलाई निरन्तरता दिने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2022 | 08:50:05 AM मा प्रकाशित

laxmi  sunrise bank

बरुण हाइड्रोपावर कम्पनी Barun Hydropower Company  ले साधारणसभा नयाँ मिति तय गरेको छ । कम्पनीले पुस २९ गते बिहिबार अनामनगर स्थित आफ्नै रजिष्टर्ड कार्यालयमा सभा आह्वान गरेकोमा गणपुरक संख्या नपुगेपछि सभा स्थगित भएको थियो । 

अब कम्पनीले माघ १२ गतेको साधारणसभा आह्वान गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र  सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नु हुने आ.व २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने , आ.व.२०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने , आ. व.२०७८/०७९ को लेखा परिक्षण गर्न लेखा परिक्षकको नियुक्ति एवंम निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन् ।  २०७३ आषाढ २० गते सम्पन्न विशेष साधारण सभाबाट पारित भएको १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई निरन्तरता दिने प्रस्ताव पनि सभामा पेश हुने छ।

बरुण हाइड्रोको २०७३ असार २० गते सम्पन्न विशेष साधारणसभाले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। तर अहिलेसम्म कम्पनी हकप्रद निष्काशन गरेको छैन । कम्पनीले यस अघि नै हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिए पनि बोर्डले ६ महिनासम्म पनि माग गरेको कागजात नबुझाएको भन्दै हकप्रद आवेदन नै खारेज गरिदिएको थियो । हाल कम्पनीले फेरी हकप्रद निष्काशन प्रक्रिया अगाडी बढाएको हो । 

कम्पनीले हकप्रद शेयर निष्काशनको लागि बिक्रि प्रबन्धक भने चयन गरिसकेको छ  । कम्पनीले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाण्डौंलाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved