शेयरको घरायसी तथा मृत्यु नामसारी कार्य रोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2022 | 02:46:18 PM मा प्रकाशित

laxmi  sunrise bank

 सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले  प्रदान गर्दै आईरहेको शेयरको घरायसी तथा मृत्यू नामसारी सेवा एक साताको लागि स्थगित भएको छ । सिडिएसले सोमबार सूचना जारी गर्दै माघ ११ गतेसम्मको लागि शेयरको घरायसी तथा मृत्यू नामसारी सेवा स्थगित गरेको जनाएको हो ।

कोरोना भाईरस (कोभिड-१९) को तेस्रो लहर संगै  कार्यालयमा कार्यरत अधिकांश कर्मचारी कोभिड संकमित भएकाले चेन ब्रेकका लागि शेयरको घरायसी तथा मृत्यू नामसारी सेवा स्थगन गरिएको हो ।  

नेपालको कानुनले शेयरको घरायसी तथा मृत्यु नामसारी र अदालतको आदेश अनुसारको नामसारी मात्र गर्न मिल्छ । मृत्यु भएका व्यक्तिहरुको खातामा भएका धितोपत्रहरु कानुनी हकवाला वा इच्छाइएको व्यक्तिको खातामा हस्तान्तरण गर्ने कार्यलाई धितोपत्रहरुको घरायसी तथा मृत्यु नामसारी भनिन्छ । धितोपत्र भनेको शेयर हो । डिम्याट खातामा भएका धितोपत्रहरुको हकवालामा नामसारीको लागि डिपीलाई आवश्यक कागजातहरु पेश गरु सहजै नामसारी गर्न सकिन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved