मर्जर प्रक्रिया सकेर २ लघुवित्तको शेयर सुचिकृत, कारोबार फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2022 | 08:55:55 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर प्रक्रिया सकेका २ वटा लघुवित्तको शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएको छ ।  आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्तलाई  गाभेपछि आराम चौतारीको नाममा हुन आएको शेयर तथा नेपाल सेवा लघुवित्त र विन लघुवित्त मर्ज भई विन नेपाल लघुवित्तको नाममा हुन आएको शेयर नेप्सेमा सुचिकृत भएको हो।

 साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभ्ने/गाभिने (मर्जर) गर्दा १:०.७५ को अनुपातमा कायम हुन आएको) प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु. १००।- दरको शेयर क्रम संख्या १ देखि ७,२४,४६३ सम्मको कुल ७,२४,४६३ कित्ता साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी  सूचीकरण भएको हो । यस संगै मर्जर प्रयोजनका लागि रोक्का राखिएको उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार फुकुवा भएको छ। थप सूचीकरण भएको १,०९,४६२.५०५ कित्ता साधारण शेयर र यस भन्दा अघि सूचिकृत ६,१५,००० कित्ता समेत गरी कुल सूचीकृत ७,२४,४६३ कित्ता शेयर भएको छ। कम्पनीको शेयर WNLB सिम्बल बाट कारोबार हुने छ ।

त्यस्तै आरम्भ चौतारीले नेप्सेमा सुचिकृत नभएको साविकको देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १:०.८४ को अनुपातमा प्राप्ति (एक्विजिशन) गर्दा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु. १००।- का दरको क्रम संख्या २८,६७,६३२ देखि ३०,६९,२३२ सम्मको कुल २,०१,६०० कित्ता साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोवार हुन सक्ने गरी सूचीकरण भएको हो  । हाल सूचीकरण भएका २,०१,६०० कित्ता शेयर र यस भन्दा अघि सूचीकृत २८,६७,६३१ कित्ता शेयर समेत गरी कुल सूचीकृत शेयर ३०,६९,२३२ कित्ता हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved