नेप्सेका कारण मेरोशेयरमा पोर्टफोलियो अपडेट भएँन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2022 | 06:15:42 PM मा प्रकाशित

laxmi  sunrise bank

विगत केहि दिनदेखि  मेरो शेयरमा कम्पनीहरुको शेयर मूल्य अपडेट हुन सकेको छैन। यस अघि रियल टाइम मै मूल्य अपडेट हुने र रियल टाइम मै पोर्टफोलियो अपडेट हुने भएपनि विगत केहि दिनदेखि भने उक्त अपडेट हुन सकेको छैन । 

मेरोशेयर संचालन गरिरहेको सिडीएसका अनुसार नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेबसाइट नचल्दा यस्तो समस्या आएको हो । सिडिएससिले  मेरोशेयरको पोर्टफोलियोमा मूल्य सम्बन्धि विवरण नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको वेभसाईट https://nepalstock.com/ बाट एपीआइ मार्फत प्राप्त गर्दै आएको थियो । तर हाल उक्त साईटमा प्राविधिक समस्या देखिएकोले मेरोशेयरको माई पोर्टफोलियोमा बजार मुल्य अनुसारको ताजा विवरण अध्यावधिक हुन नसकेको सिडीएसले जनाएको छ। साथै नेपाल स्टक एक्स्चेञ्जबाट उक्त साईटमा समस्या समाधान गरि मूल्य सम्बन्धि विवरण उपलब्ध हुनासाथ पोर्टफोलियो अपडेट हुने  सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उल्लेख गरेको छ । 

पोर्टफोलियो अपडेट नभए पनि अन्य सेवामा भने कुनै समस्या नदेखिएको सिडीएसले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved