धितोपत्र बोर्डको १० भावी योजना, पूर्ण स्वचालित शेयर कारोबार देखि इन्डेक्स फण्ड ल्याउनेसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2022 | 09:56:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले नेप्सेको कारोबार प्रणालीलाई बैंक खाता तथा डिम्याट खातासँग लिंक गरी पूर्ण स्वचालित प्रणालीको विकास गर्ने योजना अगाडी सारेको छ।  आर्थिक वर्ष ७७/७८ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै बोर्डले बोर्डको भावी कार्यदिशा अन्तर्गत  पूर्ण स्वचालित प्रणालीको विकास गर्ने योजना अगाडी सारेको हो ।

त्यस्तै बोर्डले नयाँ उपकरणको रूपमा इन्डेक्स फण्ड र इटिएफ जस्ता उपकरण बजारमा भित्रयाई बजार विकास सम्बन्धी कार्यहरु अगाडि बढाउने उल्लेख गरेको छ । वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमार्फत पुँजी परिचालन गर्न सक्ने गरी बुक बिल्डिंग प्रणालीलाइ प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने विषय पनि  भावी कार्यदिशामा समावेश छ ।

बोर्डबाट ऐन नियम सुधार, बजार विकास सम्बन्धी कार्य, नियमन क्षमता अभिवृद्धि, बजार सहभागिको सुशासन, पारदर्शिता तथा परिपालनामा सुधार, जोखिम व्यवस्थापन, लगानीकर्ता शिक्षा र सर्वसाधारणको सचेतना अभिबृद्धि र बोर्डको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विकास सम्बन्धी कार्यहरु गर्नुपर्ने सम्बन्धमा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सुधार तथा विकास लागि बोर्डकोभावी कार्यदिशा देहायअनुरुप रहने बोर्डले उल्लेख गरेको छ ।

१. धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बद्ध कानुनी तथा नियमन व्यवस्थाहरुलाई सुदृढ गर्ने क्रममा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी ऐन नियमको पुनरावलोकन गरी राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरको बनाउनका लागि नेपाल धितोपत्र बोर्ड सम्बन्धी ऐन र धितोपत्र कारोबार सम्बन्धी ऐन मस्यौदा गरी नेपाल सरकारसमक्ष प्रस्तुत गर्ने, वित्तीय क्षेत्रका लागि ट्रस्ट ऐन तर्जूमा गर्ने र वस्तु विनिमय बजारका लागि आवश्यक वेयर हाउस सम्बन्धी नियमावली र व्यवसायी सम्बन्धी नियमावली तर्जुमा गरी लागू
गर्ने ।

२. धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीको सेयर संरचना परिवर्तन गरी थप व्यवसायिक बनाउने, नेप्सेको कारोबार प्रणालीलाई बैंक खाता तथा डिम्याट खातासँग लिंक गरी पूर्ण स्वचालित प्रणालीको विकास गर्ने र नयाँ उपकरणको रूपमा इन्डेक्स फण्ड र इटिएफ जस्ता उपकरण बजारमा भित्रयाई बजार विकास सम्बन्धी कार्यहरु अगाडि बढाउने ।

३. ऋणपत्र बजार विकासका लागि अन्य निकायहरुसँग समन्वय गरी एकीकृत ऋणपत्र बजार विकास तथा विस्तार गर्ने ।

४ . वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमार्फत पुँजी परिचालन गर्न सक्ने गरी बुक बिल्डिंग प्रणालीलाइ प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने ।

५. वस्तु विनिमय बजार संचालन अनुमति प्रदान गर्नुका साथै बजार पूर्वाधार तयार गर्ने ।

६. बोर्डको नियमन तथा सुपिरवेक्षण क्षमता अभिवृद्धि गर्ने, सूचना प्रविधिको प्रयोगलाई बढावा दिनुका साथै धितोपत्र बजारमा हुने अनलाईन कारोबारको सुपरिवेक्षणका लागि बोर्डमा स्वचालित एकीकृत कारोबार सुपरिवेक्षण प्रणाली विकास गर्ने ।

७. बोर्ड तथा धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा सुशासन, प्रकाशन तथा परिपालनामा सुधार ल्याउने ।

८. धितोपत्र बजार तथा वस्तु विनिमय बजारका प्रणालीगत तथा अन्य जोखिम न्यूनीकरण गर्नका लागि बजार पूर्वाधारहरुको प्रणाली संपरिक्षण ९० तथा डिजाष्ट्रार रिकोभरी ९० प्रणालीको सुदृढ व्यवस्था गर्ने ।

९. धितोपत्र बजार तथा वस्तु विनिमय बजारको सम्बन्धमा नियमतिरुपमा लगानीकर्ता शिक्षा तथा जनचेतना अभिबृद्धि गर्न संस्थागत व्यवस्थ गर्ने ।

१०. धितोपत्र बजार तथा वस्तु विनिमय बजार विकास तथा सुधारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्ने । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved