एनआईसी एशिया क्यापिटलले कोरोना खोप लगाएकालाई निःशुल्क लगानी व्यवस्थापन सेवा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2022 | 12:52:47 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया क्यापिटलले कोरोना खोप लगाईसकेका नेपाली नागरिकहरुका लागि निःशुल्क लगानी व्यवस्थापन सेवा दिने भएको छ ।  क्यापिटलले कोभिड खोपको दुवै डोज लगाईसकेका नेपाली नागरिकहरुलाई  २०७८ साल माघ ७ गतेदेखि  २०७८ साल फागुन मसान्तसम्म निःशुल्क रुपमा लगानी व्यवस्थापन सेवा दिने घोषणा गरेको हो ।

खोप लगाई यस अघि नै स्वास्थ्य सतर्कता अपनाएका तथा खोप लगाउन प्रेरित गर्ने मुख्य उद्देश्यका साथ यो योजना संचालनमा ल्याइएको क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार यस योजना अन्तर्गत लगानीकर्ताहरुलाई लगानी व्यवस्थापन सेवा लिदा पहिलो वर्ष निःशुल्क रुपमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । क्यापिटलले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्र लगानी सम्बन्धी निणर्य लिने क्यापिटलले जनाएको छ।

पछिल्लो समयमा पून: कोरोना संक्रमण दर दिन प्रति दिन बढ्दो क्रममा रहेकाले घरमै सुरक्षित रुपमा बसी अनलाईन मार्फत सहजै लगानी व्यवस्थापन सेवा लिन सकिने व्यवस्था मिलाइएको क्यापिटलले उल्लेख गरेको छ । उक्त लगानी व्यवस्थापन सेवा लिन चाहने ग्राहकहरुले  क्यापिटलको वेभसाईटमा गई भर्चुअल मिटिंगको लागि समय बुक गरि क्यापिटलले उपलब्ध गराएको लिंक मार्फत आवश्यक कागजात अपलोड गर्नु पर्ने क्यापिटलले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved