नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार ४ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज रुरु जलविद्युत परियोजनाको १० प्रतिशतले हुन आउने ४ लाख ७ हजार ७ सय ५ दशमलव ५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।