राष्ट्र बैंकले स्वीकृति नदिएपछि एनआईसी एसिया बैंकको लाभांश प्रस्ताव रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2022 | 10:46:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएपछि एनआईसी एसिया बैंकको लाभांश प्रस्ताव रद्द भएको छ । राष्ट्र बैंकले एनआईसी एसियाको क्यापिटल कन्जरभेसन बफर पर्याप्त नभएको भन्दै लाभांश स्वीकृत नगरेको हो । राष्ट्र बैंकले लाभांश स्वीकृत नगरेसंगै बैंकले प्रस्तावित लाभांश रद्द गर्ने निर्णय गरेको हो  । 

बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.७८९४७  प्रतिशत नगद लाभांश गरि कुल १५.७८९४७  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  हाल कम्पनीको चुक्ता पुंजी ११ अर्ब ५६ करोड ४० लाख रहेको छ । बैंकले राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने जनाएकोमा राष्ट्र बैंकले स्वीकृत नदिएपछि लाभांश प्रस्ताव नै रद्द गरेको हो । 

बैंकले यसबाट पर्न गएको असुविधा प्रति क्षमाप्राथी भएको उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved