एकै साथ ६ कम्पनीको १ अर्ब २६ करोडको आईपिओ स्वीकृत, कुनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2022 | 01:46:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले एक साथ ६ वटा कम्पनीलाई आईपिओ निष्काशनको लागि स्वीकृति प्रदान गरेको छ। बोर्डले माघ ९ गते यी कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको हो ।

गत साउनपछि पहिलो पटक बोर्डले आईपिओ निष्काशनको लागि स्वीकृति प्रदान गरेको हो । बोर्ड अध्यक्ष नहुँदा आईपिओ निष्काशन दिने काम रोकिएको थियो ।

बोर्डले माघ ९ मा २ वटा हाइड्रो, ३ वटा लघुवित्त र एउटा इन्भेष्टमेन्ट कम्पनीको आईपिओ स्वीकृत गरेको हो । बोर्डले हाइड्रोतर्फ बलेफी हाइड्रो, र ग्रिन भेन्चर्स, लघुवित्ततर्फ नेस्डो समृद्द लाघुबित्त, जाल्पा सामुदायिक लघुवित्त र राष्ट्र उत्थान लघुवित्त तथा इन्भेष्टमेन्ट समुह तर्फको इमार्जिङ नेपाल लिमिटेडलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । बोर्डले कुल १ अर्ब २६ करोड ६२ लाख २९ हजार बराबरको आइपिओ स्वीकृत गरेको हो । 

कसको कति ? 

ग्रीन भेन्चरले प्रति शेयर एक सय रुपैयाँ अंकित ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई यो शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  ग्रीन भेन्चरले फागुन २८ मा आईपिओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।  

बलेफीले प्रति शेयर एक सय रुपैयाँ अंकित ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई यो शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।  बलेफीले फागुन २५ मा  आईपिओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।  

नेस्डो समृद्द लघुवित्तले ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशनको अनुमति पाएको हो  ।  कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।   

जाल्पा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो  ।  कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।   

राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो  ।  कम्पनीले शेयर निष्काशनको लागि एनआइबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।   

 ईमर्जिङ्ग नेपाल लिमिटेडले  ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपिओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईसी एसिया बैंकलाई बिक्रि प्रबन्धक चयन गरेको छ । आईपिओ पश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५६ लाख पुग्ने छ । नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले केयर रेटिग नेपाल, नेपाल पूर्वाधार विकास बैंक, होटेल एलिस, बिफिन, नेशनल पेट्रोलियम प्रालि लगायतमा लगानी गरेको छ ।

बोर्डबाट अनुमति पाएसंगै अब यी कम्पनीले आह्वानपत्र प्रकाशन गरेर आईपिओ निष्काशनको मिति तोक्ने छन् ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved