१०० अंकले घट्यो नेप्से सूचक, ८ अर्ब ८८ करोडको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2022 | 03:19:42 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार शेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । आज नेप्से सूचक ३.४३ प्रतिशत अर्थात् १००.१० अंकले घटेर २८२०.४१ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २२८ कम्पनीका १ करोड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता शेयर खरीद बिक्रिबाट ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७७ रुपैयाँ ५७ पैसाको कारोबार भएको छ । जस मध्ये अपि पावरको सबैभन्दा धेरै ३८ करोड ३४ लाख, एनआईसी एसिया बैंकको ३६ करोड ७३ लाख , अरुण भ्याली हाइड्रोको ३० करोड ४९ लाख तथा अपर तामाकोशीको २० करोड २६ लाखको कारोबार भएको छ ।

आज विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर मुल्य १० प्रतिशतले बढेको छ । आज कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य सबै भन्दा धेरै ७.८१ प्रतिशत, माउन्टेन हाइड्रोको शेयर मूल्य ७.७१ प्रतिशत, आशा लघुवित्तको शेयर मूल्य ७.१० प्रतिशत, ओरियन्टल होटेलको शेयर मूल्य ७.०९ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये विकास बैंक समुह ४.५० प्रतिशतले, हाइड्रो समुह ४.४५ र फाइनान्स समुह ४.३० प्रतिशतले घटेको छ । आज कारोबारमा आएका मध्ये ६ कम्पनीको मात्र मूल्य बढेको छ भने १८५ कम्पनीको शेयर मूल्य घटेको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved