एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2022 | 08:30:21 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company  को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज माघ ११ गते कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

 कम्पनीले माघ २१ गते शुक्रबार सभा आह्वान गरेको छ ।  सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको संचिति मुनाफाबाट हाल कायम चुक्तापूंजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २ प्रतिशत नगद लाभांश गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

(क) सामान्य प्रस्ताव :

१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने बारे ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/०७७ (NFRS बमोजिम) आषाढ मसान्त सम्मको वासलात,नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथी छलफल तथा पारित गर्ने बारे ।

३. संचालक समितिबाट प्रस्तावित २ प्रतिशत नगद लाभांश (लाभांशको बोनस तथा नगद सहित) रु.४,०२,१५,२१४।५५ पारित गर्ने बारे ।

४. आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षण समितिको सिफारीश बमोजिम बाह्य लेखा परिक्षक श्री एस ए आर एशोसियट्सको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने बारे ।

५. यस कम्पनीको ५१% स्वामित्व रहेको एशियन क्यापिटल लि.मा सामूहिक लगानी कोष (Mutual fund) संचालन गर्न सम्बन्धित नियामक
निकायबाट स्वीकृती लिने तथा सो को कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने बारे ।

(ख) विशेष प्रस्ताव:

६. आर्थिक वर्ष २०७६/७७ सम्मको सचित नाफाबाट यस कम्पनीको चुक्ता पूँजी रु.२,०१०,७६०,७२७/४० को २५ प्रतिशतका दरले हुने रु.५०,२६,९०,१८११८५ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

७. उल्लेखित बोनश शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृती गर्ने बारे ।

८. विशेष प्रस्ताव अन्तर्गत नं.७ प्रस्तावको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

९. कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) अनुसारको खर्च रकमलाई अनुमोदन गर्ने बारे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved