स्वरोजगार लघुवित्तको बोनस सुचिकृत, केहि लगानीकर्ताले कर आफैले तिर्नु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2022 | 02:19:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार १० लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज स्वरोजगार लघुवित्तको २५ प्रतिशतले हुन आउने १० लाख २८ हजार १ सय ९८ दशमलव २४ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।  कम्पनीको साधारणसभाले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने १० करोड २८ लाख १९ हजार ८ सय २४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले जनकपुर लघुवित्तलाई प्राप्ति गरि २०७७ असोज २५ गतेबाट एकिकृत कारोबार सुरु गरकोले लाभांशमा कर छुट पाउने भएकोले नगद लाभांश प्रस्ताव गरेको थिएन ।  सोहि कारण एकिकृत कारोबार भएको मिति २०७७/६/२५ पछि कायम शेयरधनीले भने बोनसमा लाग्ने कर आफैले तिर्नु पर्ने कम्पनीले जनाएको छ । २०७७/६/२५ पछि कायम शेयरधनीले कर तिरेपछि मात्र खातामा बोनस पाउने छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved