शिखर इन्स्योरेन्स तय गर्यो हकप्रदको लागि बुक क्लोज मिति, कहिलेसम्म कायमले पाउँछन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2022 | 08:55:17 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्सले हकप्रद निष्काशन प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ ।  कम्पनीले हकप्रद निष्काशनको लागि माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।  

यस हिसाबमा माघ २० गते कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।  कम्पनीले  १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने  ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

कम्पनीले जेठ २५ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते स्वीकृति प्रदान गरेको हो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved