नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2022 | 10:10:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company  ले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो ।  कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ 

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार रहेको छ  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved