सर्वाेत्तम सिमेन्टको साधारण सभा सम्पन्न, बुक विल्डिङ्ग विधिबाट आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2022 | 10:48:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वाेत्तम सिमेन्ट लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । माघ ११ मा सम्पन्न सभाले  बुक विल्डिङ्ग विधिबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीले ६० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। 

त्यस्तै सभाले धादिङ जिल्ला रोरांग गाँउपालिका स्थित कान्द्रांगगढी चुनढुंगा भण्डारणको उत्खनन कार्यका लागि १५ करोड १ लाखमा खानी खरिद गर्ने संचालक समितिको निर्णयलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

सभाले लेखा परिक्षकको प्रतिवेदन सहितको आ.व.२०७७÷२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गरेको छ । त्यसैगरी आ.व.२०७७÷२०७८ को लागि संचालक समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षकमा सूभास एण्ड कम्पनी चार्टड एकाउन्टेण्टस् लाई नियुक्त गर्ने निर्णय पनि सभाले गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved