मेगा क्यापिटलले लगानीकर्तालाई प्रमोटर सेयर किनबेच गर्न सहजीकरण गरिदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2022 | 10:55:46 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा क्यापिटल मार्केट्स लिमिटेडले संस्थापक  सेयरहरु खरिद विक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ । क्यापिटलले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, विमा (इन्सुरेन्स) कम्पनी, लघु वित्त (माइक्रो फाइनान्स), जलविदुत (हाइड्रोपावर) तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक  सेयरहरु खरिद विक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको हो।

यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी  मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन, इमेल , वा मेगा क्यापिटलको फेसबुकमा म्यासेन्जर मार्फत् म्यासेज पठाउन सक्ने क्यापिटलले जनाएको छ। धेरै लगानीकर्ताहरुले  प्रमोटर सेयर (संस्थापक सेयर) साधारण सेयर जस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले शेयर सम्पत्ति बन्धक भएका र आवश्यकता अनुसार बिक्री गरेर आर्थिक आवश्यकता पुरा गर्न नसकेका बिक्रेता र लगानीको अवसर खोजिरहेका अन्य लगानीकर्ताहरु बीच किनबेच र शेयर हस्तान्तरणमा सहजीकरण सेवाको आवश्यकतालाई मनन् गर्दै मेगा क्यापिटलले सेयर बजारमा यो नयाँ सेवाको सुरुवात गरेको उल्लेख गरेको छ ।

यसले ग्राहक, शुभचिन्तक तथा प्रमोटर सेयर खरिद बिक्रि गर्न इच्छुक लगानीकर्ताहरुलाई ठूलो राहत मिल्ने विश्वास क्यापिटलको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved