९१ हजार कित्ता बढी शेयर तथा ऋणपत्र लिलाम गर्दै 'एनआईबिएल समृद्धि फण्ड १

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2022 | 04:47:51 PM मा प्रकाशित

laxmi  sunrise bank

खारेजी प्रक्रियामा रहेको 'एनआईबिएल समृद्धि फण्ड १' ले आफ्नो स्वामित्वमा रहको शेयर तथा ऋणपत्रहरु लिलाम गर्ने भएको छ । फण्डले विभिन्न कम्पनीको १२ हजार १ सय ५४ कित्ता शेयर र ७९ हजार ५ सय कित्ता ऋणपत्र लिलाम गर्ने भएको हो ।

उक्त योजनाको अवधि समाप्त भई योजना परिपक्क भएकोले नेपाल स्टक एक्सचेन्ज नेप्सेले पुस २२ गतेको निर्णय अनुसार उक्त योजनाको सूचीकरण खारेज गरिसकेको हो ।  ७ वर्षे अवधिको यस म्युचुअल फण्डको अन्तिम कारोबार २०७८ पुस २२  गते भएको थियो । योजनाको अन्तिम इकाई मूल्य १२ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

फण्ड २०७१ पुस २३ गतेदेखि संचालनमा आएकोमा ७ वर्षको अवधि सकेर  परिपक्क भएको हो । प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको फण्डमा कुल १० करोड इकाई रहेको छ भने फण्डको आकार १ अर्ब रुपैयाँ रहेको छ । फण्ड परिपक्क भएसंगै क्यापिटलले शेयर तथा ऋणपत्र लिलाम गरि इकाईधनीको पैसा फिर्ता गर्ने छ । 

जस अनुसार फण्डले लिलामीको सूचना निकालेको छ । सूचना अनुसार लगानीकर्ताले लिलामीको शेयर तथा ऋणपत्रमा माघ २० गतेसम्म आवेदन दिन सक्ने छन् । शेयरको न्युनतम मूल्य प्रति कित्ता १०० र ऋणपत्रको  मूल्य प्रति कित्ता १००० कायम गरिएको छ । आवेदन दिंदा १०० कित्ता भन्दा बढी शेयर लिलाममा भएको कम्पनीको हकमा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ । त्यस्तै अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । लिलामीको फारम एनआईबिएल एस क्यापिटलको कार्यालयबाट प्राप्त गर्न सकिने छ । 

कसको कति शेयर लिलाममा ?

प्रभु बैंकको २५ सय २० कित्ता 

हिमालयन बैंकको ५५ सय ३४ कित्ता 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३८१ कित्ता 

एक्सेल डेभलपमेन्ट बैंकको १ कित्ता 

नाडेप लघुवित्तको ५३८ कित्ता 

आँधीखोला लघुवित्तको ७१४ कित्ता 

डिप्रोक्स लघुवित्तको २३४९ कित्ता 

समाज लघुवित्तको ११७ कित्ता 


यस फण्डले आर्थिक वर्ष ७२/७३ मा १५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछिका वर्षमा भने फण्डले क्रमश १८ प्रतिशत, १२ प्रतिशत , ६.५ प्रतिशत, १२ प्रतिशत र ३५ प्रतिशत लाभांश वितरण गरेको थियो । फण्डले आर्थिक वर्ष ७७/७८ मा सबैभन्दा धेरै ३५ प्रतिशत लाभांश वितरण गरेको हो । यस हिसाबमा  फण्डले कुल ९८.५ प्रतिशत लाभांश बितरण गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved