जानकी फाइनान्सको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2022 | 09:02:15 AM मा प्रकाशित

laxmi  sunrise bank

जानकी फाइनान्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन ७ गते जनकपुरधाममा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद गरि कुल १५.७८९५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।    कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ। 

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २४ गतेदेखि फागुन ६ गतेसम्म  बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, नाफा नोक्सान हिसाब लगायतका प्रतिवेदन पारित गर्ने, संस्थापक तर्फ ३ र सर्वसाधारणतर्फ २ जना गरि ५ जना संचालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, र नियामक निकायबाट थप संशोधनको लागि निर्देशन  भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved