सानिमा मिडिल तमोर हाइड्रोले ९९ करोड ९७ लाख बराबरको आईपिओ निष्काशन गर्ने, कसलाई कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2022 | 11:15:46 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको साधारणसभालेआईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको पुस १४ गते सम्पन्न सभाले कम्पनीको जारी पुँजीको ३० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । 

हाल कम्पनीको जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रहेको छ । कम्पनीले त्यसको ३० प्रतिशतले हुन आउने ९९ करोड ९७ लाख ५० हजार बराबरको ९९ लाख ९७ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको हो । जस मध्ये १० प्रतिशत अर्थात् ३३ लाख ३२ हजार ५ सय कित्ता आयोजना प्रभावित स्थानीयलाई, १५ प्रतिशत अर्थात् ४९ लाख ८८ हजार ७ सय ५० कित्ता आम सर्वसाधारणलाई र ५ प्रतिशत अर्थात् १६ लाख ६६ हजार २ सय ५० कित्ता कम्पनीको कर्मचारीलाई छुट्याईएको छ । 

कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आईपिओबाट संकलन भएको रकम सोहि आयोजनामा स्वपुँजी लगानी अन्तर्गत खर्च गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।  साधारणसभाले आईपिओ निष्काशन गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved