मेरोशेयरको पासवर्ड बिर्सनु भयो ? यस्तो छ रिसेट गर्ने तरिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2022 | 10:04:05 AM मा प्रकाशित

laxmi  sunrise bank

लामो समयपछि आईपिओ निष्काशन हुदै छ  । जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपिओ निष्काशन हुदै छ  ।  ६ महिनापछि आईपिओ निष्काशन हुन लागेको हो  । 

यदि तपाईले यस ६ महिनाको अवधिमा मेरोशेयर नखोलेको कारण वा अन्य कुनै कारणले मेरोशेयरको पासवर्ड बिर्सनु भएको छ भने तपाई आफैले नै पासवर्ड रिसेट गर्न सक्नु हुन्छ  ।  

 पासवर्ड बिर्सिएमा रिसेट लिंक मगाएर लगानीकर्ताले नै पासवर्ड रिसेट गर्न सकिन्छ ।  

यस्तो छ पासवर्ड रिसेट गर्ने तरिका :

 १. मेरोशेयर खोलेर Forgot your password? मा क्लिक गर्ने 

२. निक्षेप सदस्य, युजर नेम, इमेल आइडी र जन्ममिति राखेर क्लिक सेन्ड बटनमा क्लिक गर्ने

३.राखेको जानकारी हुबहु मिलेमा "New password has been sent to your email" भन्ने म्यासेज आउछ , र हुबहु नमिलेमा "The information you have provided doesn't match with the registered information" भन्ने संदेश आउछ 

४.जानकारी मिलेको भए इमेलमा नयाँ पासवर्ड आउने छ 

५. धेरै पटक पासवर्ड रिसेट गर्ने कोशिस गरेमा "Maximum forgot password attemped' भन्ने संदेश आउछ र यस्तो भएमा अर्को दिन मात्र फेरी कोशिस गर्न पाइने छ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved